काठमाडौं १ जेठ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३३८४ मत ल्याउँदै आफ्ना प्रतिद्धन्दीलाई फराकिलो मतले प छारि पारेकी छन् ।
पाँच दलीय गठवन्धनको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले मात्र ९९२ मत पाएका छन् ।
त्यसैगरी, राप्रपाकी विनिता मगैयाले ७६०,स्वतन्त्र उम्मेदवार दिव्या श्रेष्ठले ३६१ र विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले १५७ पाएकी छन् ।
यो मतान्तरसँगै सुनिता डंगोलले झण्डै २४०० मतले अग्रता लिएकी छन् ।