काठमाडौं १ जेठ । काठमाडौं महानगर पालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिँदा उपमेयरमा भने नेकपा एमालेले अग्रगता लिएको छ ।
एमाले बाट उपमेयरको पदमा उम्मेदवार दिएकी सुनिता डंगोलले २ हजार मत ल्याउँदै आफ्नो अग्रता कायमै राखेकी छन् ।
सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार दिएका नेकपा एकीकृत समाजवादीका राजेश्वर श्रेष्ठले भने मात्र ५८० मत ल्याएका छन् ।
त्यसैगरी, राप्रपाकी बिनिता मगैयाले ५१३ मत पाएकी छन् ।