धनकुटा-धनकुटाको चौबीसे गाउँपापलिका २ को वडा सदस्य पदमा आफू पुनः विजयी बनेको खबर सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निधन भएको छ।यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यसपटक पनि ७९२ मत सहित जित हासिल गरेका थिए । तर बिडम्बना उनले आफुले जितेको खबर सुन्न नपाइ अस्पतालको बेडबाटै सधैका लागी अस्ताए ।
मधुमेह र उच्च रक्तचापका बिरामी उनको मष्तिष्कघातका कारण निधन भएको हो । जित्दैछु भन्ने त थाहा भएन् जितेको खबर सुन्न नपाइ उनको निधन भएको छोरा मदनले बताए ।
शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो। तर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियु खाली नरहेको बताएपछि विराटनगर लगिएको छोरा मदनले बाताए। विराटनगरको नोबेल अस्पतालमा पुर्याएपछि राति एक बजे उनको निधन भएको उनले बताए । मगरका दुई छोरा र पत्नी छन्।