दाङमा कोरोनाविरुद्धको भेरोसिल खोप आठ हजार ज्येष्ठ नागरिकलाई लगाईयो — OSNepal

दाङमा कोरोनाविरुद्धको भेरोसिल खोप आठ हजार ज्येष्ठ नागरिकलाई लगाईयो

LC (KTM) June 13, 2021 0

देउखुरी, ३० जेठ- कोरोनाविरुद्धको तेस्रो चरणको भेरोसिलको पहिलो मात्राको खोप करीब आठ हजार ज्येष्ठ नागरिकलाई लगाइएको छ । दाङमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाउने काम सकिएको छ । जिल्लाभर सात हजार ९८४ जनालाई खोप लगाइएको छ । जिल्लाका दश पालिकाका करीब साढे आठ हजार ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिइएकामा सात हजार ९८४ खोप लगाइएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

स्थानीय तहले तोकेको खोप केन्द्रमा नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात र वडा कार्यालयको सिफारिसका आधारमा खोप लगाइएको चन्दले जानकारी दिनुभयो । स्थानीय तहका स्वास्थ्य शाखाका अनुसार घोराही उपमहानगरपालिकामा दुई हजार ८०१ लाई खोप लगाइएको छ । तुलसीपुरमा दुई हजार २२९, लमही नगरपालिकामा ७१९, राजपुरमा १४१, गढवामा २२०, बङ्गलाचुलीमा २१०, बबईमा ३८०, दङ्गीशरणमा ३२० र शान्तिनगरमा ४०० जनालाई खोप लगाइएको छ । राप्ती गाउँपालिकामा ६६४ जनालाई खोप लगाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर