कोरोना महामारीमा सबिता माताले गरिन् दृष्टिविहीनहरुलाई खाद्यान्न सहयोग — OSNepal

कोरोना महामारीमा सबिता माताले गरिन् दृष्टिविहीनहरुलाई खाद्यान्न सहयोग

LC (KTM) June 13, 2021 0

काठमाडौँ । चर्चित माता सबिता सामाजिक कर्ममा पनि उत्तिकै समय दिने ब्यक्तित्व हुन् । धार्मिक सत्संग गरेर परिचीत भएकी सबिता माताले दृष्टिविहीनहरुलाई खाद्यान्न सहयोग गरेकी छिन् । सो अवसरमा ताले सामाजिक अभियान्ता र पत्रकारहरुले दृष्टिविहीनहरुको आवाजलाई बुलन्द गर्न नसकेको भन्दै आक्रोश पोखेकी छिन् ।

सामाजिक दुरी कायम गरी सम्पन्न कार्यक्रममा माताले दृष्टिविहीनहरु निषेधाज्ञाको समयमा वास्तविक समस्यामा परेका छन तर पत्रकारहरुले खोइ उहाँहरुका समस्या उजागर गरेकोरु भन्दै माताले आफ्ना प्रश्नहरु राखेकी थिइन् । उनले युट्युवमा पत्रकारिता गर्नेहरु सबै अर्काको घरायसी झगडा मिलाउन पुगेका हुन्छन तर खोइ दृष्टिविहीनहरुको बारेमा मिडियामा ल्याएको भन्दै पछिल्लो समय देखा परेको विषयबस्तुलाई जस्ताको त्यस्तै राखेकी थिइन् ।

सो अवसरमा मातासंग दृष्टिविहीनहरुले आफ्नो गुनासोपनी राखेका थिए । दृष्टिविहीनहरुले जारी निषेधाज्ञाका बेला आफुहरु अत्यन्तै समस्यामा परेको तर सहयोग कहिँकतैबाट नपाएको गुनासो राखेका थिए । उनीहरुले सरकारले मासिक १ हजार ५०० सहयोग गर्ने गरेतापनी उक्त सहयोगले ग्याँस सिलिन्डर पनि किन्न नपुग्ने दुखेसो पोखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर