पुर्व पाँच प्रधानमन्त्रीहरु नितान्त पृथक भूमिकामा उहाँहरु हिडिँरहेको कुरा, जनतालाई रुचि भएको छैन : राजन भट्टराई — OSNepal

पुर्व पाँच प्रधानमन्त्रीहरु नितान्त पृथक भूमिकामा उहाँहरु हिडिँरहेको कुरा, जनतालाई रुचि भएको छैन : राजन भट्टराई

LC (KTM) June 13, 2021 0

काठमाडौं ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले पूर्व पाँच प्रधानमन्त्रीहरुले समयमा भन्दा वर्तमान प्रधानमन्त्री केपी ओलीको समयमा धेरै गुणा माथि र राम्रो हिसाबले काम भएको बताएका छन् । आज बिहान एक कार्यक्रममा सहभागी भएका भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा भट्टराईले पुर्व पाँच प्रधानमन्त्रीले जारी गरेको वक्तव्य आधार हिन भएको समेत बताएका छन् । कार्यकम्रमा भट्टराईले भने, ‘प्रधानमन्त्री भैसकेका मानिसहरुले आधारहिन हिसाबले मुलुकको राष्ट्रियता, अस्मितामाथिको विषयमा जुन खालको गैरजिम्मेवारपूर्ण र हल्का वक्तव्य दिनुभएको छ, त्यसमा म के भन्न चाहन्छु भने नेपालको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, आन्तरिक मामिलामा बाह्य हस्तक्षेप निषेध गर्ने कुरा प्रधानमन्त्रीमा केपी ओली रहेपछि जति नियन्त्रण भएको छ, र जुन हिसाबबाट यसलाई सन्तुलित हिसाबबाट बाहृय सम्बन्धलाई राम्रो राख्दै अघि जाने काम भएको छ । उहाँहरु प्रधानमन्त्री भएको भन्दा कुनैपनि हिसाबले धेरै गुणा माथि र राम्रो हिसाबले काम भएको छ’ ।

आफ्नो राजनितिक विषय बनाउन तथा आफ्नो निजि उद्देश्यको लागि पूर्व पाँच प्रधानमन्त्री लागि परेको बताएका भट्टराईले भने, ‘देश र जनतालाइृ केन्द्र भागमा राखेर अहिले जे भूमिका हुनुपर्दथ्यो, त्यो भन्दा नितान्त पृथक भूमिकामा उहाँहरु हिडिँरहेको कुरा, जनतालाई रुचि भएको छैन भन्ने कुरा बुझिसकेपछि उहाँहरुले यस्ता नक्कली कुरा झिकेर जनताको ध्यान आफूतिर आकर्षित गर्न सकिन्छ ? भनेर उहाँहरुको यो प्रयत्न हो । उहाँहरुको प्रयत्न सफल हुने छैन् ।’

लोकतन्त्रमा निवार्चनमा जाने विषयमा अन्यथा नभएको पनि कार्यक्रममा भट्टराईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर