चितवन ३१ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनले नै अग्रता लिएको छ ।
नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १३३ मत ल्याउँदै आफ्नो अग्रता कायमै राखेकी हुन् ।
अहिले भरतपुर वडा नं. १ को मत गणना जारी रहेको छ । एमालेका विजय सुवेदीले १२७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन् ।
त्यसैगरी, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ९१ पाएका छन् ।