काठमाडौं ३१ वैशाख । काठमाडौंको दक्षिणकाली नगरपालिका(१ मा नेकपा एमालेको प्यानल नै विजयी हासिल गरेको छ ।
एमालेबाट अध्यक्षको उम्मेदवार बनेका जय थापामगरले एक हजार नौ सय मत ल्याउँदै जित हासिल गरेका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार जयन्द्र लामाले भने ८०५ मत ल्याउँदै हार व्यहोरेका छन् । सबै वडा सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।
यसैगरी मेयरमा पनि एमालेले नै आफ्नो अग्रता कायम गरेको छ । एमालेबाट मेयरका उम्मेदवार श्रीराम आचार्यले ९१३ मत ल्याउँदा कांग्रेसका मोहन बस्नेतले ९१० मत ल्याएका छन् ।
साथै, उपमेयरमा भने कांग्रेसका उम्मेदवार बसन्ती तामाङले ७७८ ल्याउँदै अग्रता कायम गरेकी छन् । एमालेका उम्मेदवार इन्दिरा न्यौपानेले भने ८६४ मत पाएकी छन् ।