डडेल्धुरा ३१ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको देउवाकै गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको छ ।
कांग्रेस बिपी र नेकपा एमालेबीच चुनावी तालमेल भएको यस स्थानमा विपी कांग्रेसले अध्यक्षमा विजय हासिल गरेको छ ।
औपचारिक घोषणा गर्न बाँकी रहेको भएपनि वडाध्यक्षमा निर्वाचित नरेश भण्डारी ६ ७३ मत ल्याउँदै निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवाले ५ ४४ मत ल्याउँदै पराजित भएका छन् ।