डोल्पा ३१ वैशाख । स्थानीय तह निर्वानमा नेकपा माओवादी केन्द्रले पालिकामा आफ्नो खाता खोलेको छ ।
डोल्पाको जगदुल्लाह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नै माओवादीका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा नारा सिंह रोकायाले ७ सय ७० मत पाएर विजयी भएका छन् । उपाध्यक्षमा माओवादीकी अमृता बोहोरा विजयी भएकी हुन् ।
प्रतिस्पर्धी नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार दिएका हेमबहादुर महताराले ७ सय ४६ मत पाएका छन् ।