काठमाडौं ३१ वैशाख ।
काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह मतगणना स्थलमा पुगेका छन् ।
नेपाली कांग्रेसकी र्सिजना सिंह र एमालेका केशव स्थापितलाई पछि पार्दै अंग्रता लिइरहेका बालेन नै मतगणनास्थलमै पुगेका छन् ।
अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह भने आफै देखिएका छन् । बालेनले महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
पाँच स्वतन्त्र उम्मेदवारका एक जना मात्रै प्रतिनिधि राख्ने भनेपछि शाहले असहमति जनाएका थिए। उनले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका थिए।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार शाहको माग अनुसार शनिबार बिहान भएको सर्वदलीय बैठकले माग पुरा गरेपछि उनी स्वयम मतगणना स्थलमा पुगेका हुन् ।