काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने तयारी — OSNepal

काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने तयारी

LC (KTM) June 13, 2021 0

काठमाडौँ- काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै फेरि १५ दिन थप्ने तयारी भएको छ । संक्रमण दरमा कमि आएपनि जोखिम कामयै रहेको भन्दै निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी भएको बताइएको छ ।

काठमाडौँमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका विषयमा छलफल गर्न आज दिउँसो २ बजेपछि राजधानीका तीन जना नै प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ । बैठकले निषेधाज्ञाको विषयमा निर्णय गर्ने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले जारी निषेधाज्ञा थपिए पनि अहिलेको भन्दा केही खुकुलो गर्ने तयारी रहेको पराजुलीले बताए । त्यस्तै बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएकमा त्यसलाई केही थप गरिने छ ।

यसबाहेक पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउँदै निजी सवारी साधन जोरबिजोर लागु गर्नेसम्मको प्रशासनको तयारी रहेको बताइएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि सकिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर