स्थानीय तहको निर्वाचनको मतपरिणाम आउन सुरु गरेको छ । यसैक्रममा नेपाली कांग्रेसले खाता खोल्न सफल भएको छ । मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसका तर्फ बाट अध्यक्षमा उठेका उम्मेद्धार बिजयी भएका छन् । नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा अध्यक्षमा विजयी भएका हुन् । उनले १५८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
केहिबेर अघि सम्पन्न भएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाएका छन् । यस गाउँपालिकामा ४ सय ८४ मतदाता रहेकोमा ३०४ मत खसेको थियो । कुल मतदाता मध्ये ६२ दशमलव ८० प्रतिशत मत खसेको हो । ३५ मत भने बदर भएको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।