अहिले सबैलाई स्थानीय तहको निर्वाचनको मत परिणामका बिषयमा प्रमुख चासो रहेको छ । धेरै जसो स्थानीय तहको मत गणना आजै राती बाट सुरु हुने भएको छ । यता पुर्वको खोटाङका पाँच वटा स्थानीय तहको मत गणना आजै मध्यरातिदेखि गरिने भएको छ । खोटाङमा जम्मा १० स्थानीय तह रहेका छन् । त्यसमध्ये केपिलासगढी, जन्तेढुंगा, दिप्रुङ चुईचुम्मा, बराहपोखरी र रावाबेँसी गाउँपालिकाको मत गणना मध्यरातिदेखि सुरु गर्न लागिएको निर्वाचन कार्यालय जानकारी दिएको छ ।
जन्तेढुंगा गाउँपालिकामा अहिले केहीबेर पछि मत गणना सुरु गर्ने तयारी गरिएको छ । यस गाउँपालिकामा १० हजार २१३ मतदाता छन् । त्यस्तै दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पनि आज रातीबाटै मत गणना सुरु हुने भएको छ । बराहपोखरी गाउँपालिकामा १२ बजेपछि मत गणना सुरु गर्ने तयारी गरिएको छ ।