काठमाडौं ३० वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरबाट भने ६४ प्रतिशत मतदान खसेको बताएका छन् ।
साथै, आयोगले आज शुक्रबार सम्पन्न भएको निर्वाचनमा २६ मतदानस्थलका ४१ केन्द्रको निर्वाचन स्थगित भएको जनाएको छ ।
त्यसैगरी , चितवनको भरतपुर महानगरपालिकामा ७० देखि ७५ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ ।
मतदान गरिएको मतमेटिका संकलन गरी चितवन जिल्ला उद्योग वाणिज्य संघको औद्योगिक प्रदर्शनकी केन्द्रको सभाहलमा संकलन हुने क्रम जारी रहेको पनि उनले बताएका छन् ।