काठमाडौं ३० वैशाख । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मतदान गरेका छन् ।
मतदान पछि आफू विरुद्ध राजनीतिक दलहरुले बिहीबार रातभरि षड्यन्त्र गरेर पैसा बाँड्नेदेखि मतदाताहरुलाई प्रभावित गर्ने कामसम्म भएको आरोप लगाएका छन् ।
राजनीतिक दलहरुले सत्ता र शक्तीको दुरुपयोग गरिरहँदा निर्वाचन आयोग मौन बस्नु एकदम धेरै पक्षपातपूर्ण भएको भन्दै नेता पौडेलले गुनासो समेत गरेका छन् ।
आयोगसँगको वैठकमा सबै नियम पालना गर्छु भनेर हस्ताक्षर गरे पनि व्यवहारमा नैतिकता शून्य देखिएको बताएका छन् ।
नेपाली कांग्रेसका पौ डेल पार्टीको सहमति विपरित भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गरेका उनलाई पार्टीले निष्काशित गरेको छ ।