चिनले गर्यो अर्काे चमत्कार , चन्द्रमाको माटो बाट अक्सिजन बनाउँदै — OSNepal

चिनले गर्यो अर्काे चमत्कार , चन्द्रमाको माटो बाट अक्सिजन बनाउँदै

LC (KTM) May 12, 2022 0

चन्द्रमामा पृथ्वीको जस्तो अक्सिजनको पर्याप्तता छैन । मानिसहरु चन्द्रमामा त पुगे तर त्यहाँ रहन पृथ्वी जस्तो छैन एकदमै सकस रहेको छ । अब चाईनाले एउटा नयाँ चमत्कार गर्न लागेको छ । त्यो चमत्कार हो चन्द्रमामा रहेको माटो बाट अक्सिजन बनाउने । यस प्रकारको योजनाले मानिस चन्द्रमामा धेरै दिनसम्म बस्न सक्नेछ । यो तयारी भने चीनको नानजिङ विश्वविद्यालयका शोधकर्ताहरूको एक टिमले गर्न लागेको हो ।

उत्त टिमले चन्द्रमाको माटोबाट अक्सिजन बनाउने योजना अगाडि सारेको छ ।शोधकर्ताहरुका अनसार चन्द्रमाको माटोको प्रयोग गरेर चन्द्रमामा लामो समयसम्म बस्न सकिन्छ । लामो अध्ययन तथा बिश्लेषण पछि चिनका बैज्ञानिकहरुले यस कुराको खोजी गरेका हुन् । सन् २०२१ को चिनिया चन्द्र मिसन चांग इ फाइभका क्रममा संकलन गरिएको माटो तथा चट्टानको नमूना विश्लेषण गरी वैज्ञानिकहरूले जूल नामक जर्नलमा आफ्नो प्रकाशित गरेका छन् । बैज्ञानिकहरुको प्रतिबेदनले यस कुराको खुलासा गरेको हो ।

यो चन्द्रमाबाट माटो ल्याउने ४० वर्षपछिको पहिलो मिसन हो ।वैज्ञानिकहरूको उक्त अन्तर्राष्ट्रिय टिमले चन्द्रमाको माटोको ताजा नमूना अध्ययन गरी उक्त माटोको उमेर समेत पत्ता लगाएका छन् । बैज्ञाकिहरुले गरेको अनुषन्धान अनुसार चन्द्रमाको उक्त संकलित माटो एक अर्ब ९७ करोड वर्ष पुरानो रहेको छ । उनीहरुले माटोबाट कार्वनडाइअक्साइड बनाई सकेका छन् । चांग इ ५ मिसनबाट संकलित माटोमा चन्द्रमामा सौर्य ऊर्जा परिवर्तन गर्नसक्ने क्षमता रहेको उनीहरुको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर