भट्टराईको प्रश्न :नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो ? — OSNepal

भट्टराईको प्रश्न :नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो ?

LC (KTM) June 13, 2021 0

काठमाडौं ३० जेठ । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री योगेश भट्टराईले सबै प्रदेशमा दलका काम कार्वाहीको पुनस् संरचना गर्न ढिला नगर्न आग्रह गरेका छन् । नेता भट्टराईले नेताहरुको अंहकार र शक्तिले टकराबले गर्दा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ पदमुक्त भएको भन्दै यस्तो आग्रह गरेका हुन् ।

ट्वीटर मार्फत भट्टराईले नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो ? भन्दै प्रश्न गरेका छन् । पुर्व मन्त्री एवम् नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले नेताहरूको अहंकार र शक्तिको टकराबमा कति पृथ्वी सुब्बाहरू पिल्सिनु पर्ने हो भन्दै प्रश्न गरेका छन् । उनले गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद मुख्यमन्त्रीमा कृष्ण चन्द्र पोखरेल मुख्यमन्त्री भएसँगै यस्तो प्रश्न गरेका हुन् । नेताहरूकै अहंकार र शक्तिकै कारण ईन्द्रलाल सापकोटा र विष्णु पन्थी जस्ता कतिले तिरस्कार सहनु र अग्नि परीक्षामा सामेल भइरहनु पर्ने भन्दै नेता भट्टराईले अर्को प्रश्न गरेका हुन् ।छन् ।

उनले भनेका छन् , “नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो? ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ? सबै प्रदेशमा दलका काम कार्वाहीको पुनस् संरचना गर्न ढिला नगरौ !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर