केजीएफ स्टार यशका पिता अहिले पनि बस चलाई रहेका छन् — OSNepal

केजीएफ स्टार यशका पिता अहिले पनि बस चलाई रहेका छन्

LC (KTM) May 12, 2022 0

कन्नड अभिनेता तथा केजीएफ फिल्मका ‘रकी भाइ’अर्थात यशले आजको समयमा करोडौंको मनमा राज गरिरहेका छन् । यशले कन्नड सहित धेरै साउथ फिल्ममा काम गरिसके पनि फिल्म ‘केजीएफ’ले उनको जीवन र पहिचान दुबैमा बदलाव ल्याएको थियो । आज साउथका मान्छे बाहेक हिन्दी सिनेमा हेर्नेहरु देश विदेशसम्म उनका ठूला फ्यान बनेका छन् । उनको फिल्म ‘केजीएफ २’ले पनि बक्स अफिसमा धमाका मचाएको थियो, त्यसपछि उनले इन्डस्ट्रीमा आफ्नो प्रभुत्व जमाउन थालेका छन् ।

उनका दुवै फिल्म सुपरहिट साबित भएका छन् । यशका दुवै फिल्मले बक्स अफिसमा धमाका मच्चाए । यति मात्र होइन, ‘केजीएफ च्याप्टर २’ ले आफ्नो नाममा धेरै कीर्तिमान बनाएको छ । विशेष कुरा के छ भने उनको यो फिल्म भारतीय सिनेमाको दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ, जसले देश र विश्वमा पनि धेरै रेकर्ड तोडेको छ । उनलाई हिन्दी फिल्मबाट अफर पनि आइरहेको बताइन्छ । तर अभिनेता यशका लागि इन्डस्ट्रीमा आफ्नो छाप र स्थान बनाउन सजिलो थिएन । यशले यो स्थान हासिल गर्न निकै संघर्ष गर्नुपरेको थियो । यश एकदमै साधारण परिवारबाट आएका हुन् ।

यसैबीच उनका बुवासँग जोडिएको एउटा ठूलो रहस्य बाहिर आएको छ, जुन सुनेर सबै छक्क परेका छन् । साउथमा ‘बाहुबली र ‘आरआरआर’ जस्ता ब्लकबस्टर फिल्म बनाएका निर्देशक एसएस राजामौलीले यशका पिताको बारेमा ठूलो खुलासा गरेका छन् । यश परिवारको विरुद्धमा गएर उद्योगमा प्रवेश गरेका हुन् । यशलाई अभिनयको दुनियाँमा प्रवेश गरून् भन्ने उनको बुवाको चाहना थिएन, तर कर्नाटकको सानो जिल्लाबाट आएको केटा उद्योगमा आउने कसलाई थाहा थियो होला र ?

एसएस राजामौलीले आफ्नो एक अन्तर्वार्तामा यशको जीवनको बारेमा कुरा गर्दा उनले ‘यशका बुवा अरुण कुमार अझै पनि बस चलाउने’बताएका थिए । निर्देशकले भने–‘यशका बुवा पेसाले बस चालक हुनुहुन्छ र अहिले पनि त्यही काम गर्नुहुन्छ भन्ने थाहा पाउँदा म छक्क परें । मलाई उनको बुबा अझै बस चालकको रूपमा काम गर्नुहुन्छ भनेर भनिएको थियो। यशका बुबा मेरो लागि वास्तविक स्टार हुनुहुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर