काठमाडौँ- मनसुन आइतबारसम्म देशभर सक्रिय बन्ने भएको छ । । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भइरहेको छ । आगामी मनसून आवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार तीन दिन विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।