काठमाडौं २९ वैशाख । सोमबार लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको कार्यतालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउन लागेका मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा आउन लागेका हुन् ।
सार्वजनिक गरिएको कार्यतालिका अनुसार लुम्बिनीमा मोदी र देउवाले मायादेवी मन्दिरमा संयुक्त पूजाअर्चना गर्ने तथा मोदीले बिहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
पाँचौ पटक नेपाल भ्रमणमा आउन लागेका मोदी र प्रधानमन्त्री देउवा बीच दुई पक्षीय औपचारिक वार्ता पनि हुने परराष्ट्र मन्त्रालय ले सार्वजनिक गरेको कार्यतालिकामा रहेको छ ।
साथै ,लुम्बिनीमा भने भ्रमण गर्ने मोदी पहिलो भारती प्रधामन्त्री हुने भएका छन् । मोदी सोही दिन स्वदेश फर्किने बताइएको छ । भारतीय विदेश मन्त्रालयले पनि मोदीको नेपाल भ्रमणबारे कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
मोदी भ्रमणमा आउनु अगावै हिजै बुधबार भारतीय वायु सेवाको जहाजमा भारतीय सुरक्षा अधिकारीहरू आइसकेका छन् ।