काठमाडौ २९ वैशाख । पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले भोली शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचनमा आफ्नो मताधिकार प्रयोग नगर्ने भएका छन् ।
नेकपा एमालेबाट राजीनामा दिएपछि कुनै पनि दलमा आवद्ध नभएका गौतमले यस पटकको निर्वाचनमा मतदान नगर्ने भएका हुन् ।
गौतम बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ का मतदाता हुन् ।