आफूले चाहेको उम्मेदवारलाई जिताउन निर्धक्क भएर विना डर, धम्की आफ्नो मताधिकार प्रयोग गर्न निर्वाचन आयोगको आग्रह — OSNepal

आफूले चाहेको उम्मेदवारलाई जिताउन निर्धक्क भएर विना डर, धम्की आफ्नो मताधिकार प्रयोग गर्न निर्वाचन आयोगको आग्रह

LC (KTM) May 12, 2022 0

काठमाडौं २९ वैशाख । निर्वाचन आयोगले भोली शुक्रबार ३० गते आ आफ्नो मतदान केन्द्रमा बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म आफूले चाहेको उम्मेदवारलाई जिताउन निर्धक्क भएर विना डर, विना धाक धम्की, विना त्रास आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ ।

निर्वाचन आयोग नेपालका प्रवक्ता शालिग्राम शर्माले दिएको जानकारी अनुसार स्थानीय तहको चुनावका लागि सुर भएको मौन अवधिमा आचारसंहिता उल्लङ्घन नहोस् भनेर निर्वाचन आयोगले तीव्रताका साथ अनुगमन कार्य गरिरहेको समेत बताएका छन् ।

मतदानको अन्तिम .चरणमा पुगेको बताएका उनले निर्वाचनका तयारीका सबै क्रियाकलापहरू करिब सकिसकेको बताएका छन् ।आयोगले शिक्षा दिँदा दल विशेषलाई लक्षित गरेर दिन नमिल्ने बताएका उनले दलले मतदाता शिक्षा दिन जरुरी रहेको समेत बताएका छन् ।

एक अन्र्तर्वातामा सहभागी भएका प्रवक्ता शर्माले भनेका छन्, ‘दलले मतदाता शिक्षा दिन जरुरी छ । आयोगले शिक्षा दिँदा दल विशेषलाई लक्षित गरेर दिन मिल्दैन । तर दलहरूले त आफूलाई मत दिँदा मत कसरी बदर नहुने गरी उहाँहरुले मत माग्दा आफ्ना चिह्न बताएर मत माग्न सक्नुहुन्छ । उहाँहरुको मतदाता शिक्षा आयोगको भन्दा अझ बढी प्रभावकारी हुन सक्छ । उहाँहरुको पनि जिम्मेवारी हो । उहाँहरूले गर्नुपर्छ । उहाँहरुलाई आयोगले गर्नेका लागि आह्वान पनि गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर