काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ बुथ सबैभन्दा धेरै बुथ वडा १६, अन्यमा कति ? — OSNepal

काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ बुथ सबैभन्दा धेरै बुथ वडा १६, अन्यमा कति ?

LC (KTM) May 12, 2022 0

काठमाडौं २९ वैशाख । वैशाख ३० गते भोली शुक्रबार देशभर एकैसाथ स्थानीय तह निर्वाचन हुने भएको छ । उक्त निर्वाचनको लागि काठमाडौं महानगरमा मात्र १५६ केन्द्र र ३६३ बुथ रहेका छन् ।

काठमाडौ महानगरमा सबैभन्दा धेरै मतदाता वडा नं. १६ मा र हेका छन् । जसमा २० हजार १७५ जना मतदाता रहेका छन् । त्यसै गरी दोस्रोमा वडा नं। ३२ परेको छ ।

सबैभन्दा कम मतदाता वडा नं. १ मा रहेका छन् । जहाँ जम्मा ३ हजार ७२९ जना मतदाता रहेका छन् । दोस्रोमा सबैभन्दा कम मतदाता वडा १८ मा रहेका छन् । जहाँ जम्मा ३ हजार ९३९ जना मतदा ता रहेका छन् ।

त्यसैगरी, वडा नं. २३ मा ४ हजार ४७७ जना,वडा २० मा ४ हजार ६१४ जना मतदाता रहेका छन् । साथै महानगरमा सबैभन्दा धेरै मतदान केन्द्र वडा ३१ मा रहेका छ । जसमा ११ वटा केन्द्र रहेका छन् ।

यसैगरी, वडा १६ मा १० वटा केन्द्र ,वडा ७ र ३२ मा ९-९ वटा केन्द्र रहेका छन् । यसै गरी वडा १, ५, ८, १२, १८ र २९ मा ३-३ वटा र वडा १९, २० र २४ मा २-२ वटा मात्र केन्द्र रहेका छन् ।

सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ हो । यसमा एउटा मात्र केन्द्र छ । वडा १९, २० र २४ मा २र२ वटा मात्र केन्द्र छन् ।

सबैभन्दा धेरै बुथ भएको वडा १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२-२२ वटा बुथ छन् । धेरै बुथ भएको तेस्रो वडा १४ हो । यस वडामा २१ वटा बुथ छन् ।

महानगरमा जम्मा ३ लाख २ सय ४२ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर