गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीद्वारा शपथ ग्रहण — OSNepal

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीद्वारा शपथ ग्रहण

LC (KTM) June 13, 2021 0

गण्डकी- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शनिबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।प्रदेश प्रमुख पौडेलले आजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र)की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभयो । समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर