नेपाली फिल्मका महानायक राजेश हमाल लाई बालक देखी बृद्ध सम्मले मन पराउने गरेका छन् । उनले हरेकको मन जित्दै आएका छन् । उनलाई नै देखेर यस क्षेत्रमा लाग्नेहरु पनि धेरै नै छन् । यसैक्रममा नायिका सुरबिना कार्कीले पनि राजेश हमाल संगको हरेक भेट प्रेरणदायी हुने गरेको बताएकी छिन् । नायक हमालसँग भेटेर आफूले केही कुरा सिक्ने गरेको कार्कीले सामाजिक सञ्जाल मार्फत जनाएकी छिन् ।
फेसबुकमा राजेशसँगको भेटको तस्वीर पोष्ट गर्दै सुरविनाले हमालसँग भेट्दा सधै नै आफूले केही न केही कुरा महशुश गरेर फर्किने गरेको बताएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन् छोटो तर सम्झनलायक एउटा भेट । चलचित्र उद्योगको एकजना त्यस्तो पात्र जसलाई भेट्दा जो कोहि पनि खुसी मान्छन् । केहि न केहि रियलाइज गरेर फर्किन्छन् । अनि म पनि धेरैपटक उहाँसँग भेट्दा केहि न केहि कुरा सिकेकी छु ।
केहि न केहि कुरा दिमागमा छाप बसेको छ । यसपटक मैले आदरणिय महानायक ज्युलाई सोधेँ, आम मानिसले पढ्नै पर्ने पुस्तक के होला ? उहाँको कस्तो सटिक जवाफ, – पहिला आफैले आफैलाई पढ्नुस् । उहाँले भनेजस्तै लाग्यो, हो, मैले अझै पनि राम्रोसँग आफैलाई अध्ययन गर्न सकेकी छैन । कार्कीले राजेश हमाल आफ्नो उर्जा रहेको बताएकी हुन् ।