डोल्पा २८ वैशाख । उपल्लो डोल्पा मा लेक लागेर एक म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुरिल विक रहेका छन् ।
मृतक चौधरीको शव जिल्लाको सदरमुकाम दुनै ल्याउनका लागि हेलिकप्टर प्रयोग गर्नु पर्ने भएको छ ।उनको उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा मंगलबार मृत्यु भएको थियो ।
शव पोष्टमार्टमको लागि दुनै ल्याउनका लागि लेक चढ्नु पर्ने भएकोले बोकेर ल्याउने अवस्था नभएको भन्दै डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारी हेलिकप्टर प्रयोग गर्नु पर्ने बताएका छन् ।
सरकारले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि एक लाख म्यादी प्रहरी भर्ती गरेको छ ।