काठमाडौ २८ वैशाख । स्थानीय तह निर्वाचनको लागि देशभरबाट १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको छ ।
नगर प्रमुख, अध्यक्ष, उपप्रमुख ,उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यका लागि उम्मेदवार मनोनयन भएको हो । जसमा २१ देखि ६५ वर्ष भन्दा माथिका उम्मेदवारहरु रहेका छन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार ६५ वर्ष माथिका ५ हजार ५२७ जनाको उम्मेदवारी परेकोमा पुरुष तर्फबाट ४ हजार ३५० र महिला १ हजार १ सय ७७ जना रहेका छन् ।
३६ देखि ५० वर्ष उमेर समूहमा भने उम्मेदवारी दिनेको संख्या बढी रहेको छ । जसमा पुरुषतर्फ ३९ हजार ६६९ जना ,महिलातर्फ२७ हजार ४९३ जना उम्मेदवारी परेको छ ।
यसैगरी, नगर प्रमुखमा पुरुष तर्फ पुरुष १ हजार ३१२ र महिलातर्फ १२०, गाउँपालिका अध्यक्ष १ हजार ३९२ पुरुष र महिला ७८ जना रहेका छन् ।