देवांशु राणासँगको ब्रेकअप लगत्तै अर्का यी ह्याण्डसम चिरागको प्रेममा छिन् साम्राज्ञी, को हुन् चिराग ? — OSNepal

देवांशु राणासँगको ब्रेकअप लगत्तै अर्का यी ह्याण्डसम चिरागको प्रेममा छिन् साम्राज्ञी, को हुन् चिराग ?

LC (KTM) May 11, 2022 0

काठमाडौँ । पछिल्ल दिनमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह कता छिन् रु यो प्रश्न आम दर्शकको हो । फिल्म ‘ड्रिम्स’बाट रजतपटमा उदाएकी यी सुन्दरीले त्यसपछि राम्रो चर्चा त कमाईन् तर पछिल्ला दिनमा उनी गुमनाम जस्तै बन्दै गइरहेकी छिन् ।

भुवन केसी विरुद्ध ‘मिटु’को आरोप लगाउँदा मिडियामा छाएकी यी सुन्दरी पछिल्ला दिनमा कोरोनापछि कता छिन् भन्ने प्रश्न उनका शुभचिन्तकले नै गरेका छन् । त्यसपछि बिस्तारै मिडियाबाट टाढा भएकी साम्राज्ञी अहिले चुपचाप छिन्। अझ उनले एक सार्वजनिक कार्यक्रममा मिडियासँग नबोल्ने घोषणापछि उनको चर्चा हुन बन्द भएको छ ।

प्रेमी देवांशु राणासँगको ब्रेकअप पछिनै साम्राज्ञी मिडियाबाट झनै टाढीएकी छिन् यी सुन्दरी । हाल अर्का ह्याण्डसम चिराग क्षेत्रीको प्रेममा रहेकी साम्राज्ञी अहिले त झनै मिडियामा आउन चाहाँदिनन् ।

चिरागका साथमा डेटमा रमाइरहेकी साम्रज्ञीले यसअघि जस्तो प्रेमीसँगका तस्बिर पनि साझा गरेकी छैनन्। हरेक खुशीका खबर मिडियोसँग शेयर गर्ने साम्रज्ञी र मिडियाबिचको दूरी निकै बढेको देख्दा उनका साथीभाईहरु समेत छक्क छन् । साम्रात्रीको ‘तिम्रो मेरो साथ र ह्यारी कि प्यारी’ प्रदर्शनको तयारीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर