फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि चेक रिपब्लिककी बारबोरालाई — OSNepal

फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि चेक रिपब्लिककी बारबोरालाई

LC (KTM) June 12, 2021 0

चेक रिपब्लिककी बारबोरा क्रेसिकोभाले पहिलो पटक ग्राण्डस्लामको उपाधी चुुम्न सफल भएकी छिन् । उनले फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी हुन् ।

फ्रान्सको पेरिसमा शनिबार भएको फाइनलमा रुसकी एनास्टासिया फाभ्लुचेन्कोभालाई पराजित गर्दै बारबोराले आफ्नो जिवनको पहिलो पटक उपाधि जितेकी हुन् ।

बिना वरीयताकी बारबोराले १३ औं वरीयताकी एनास्टासियालाई ६-१,२-६ र ६-४ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् ।२५ वर्षिया बारबोराले पहिलो पटक फ्रेन्च ओपन जितेकी हुन् । पहिलो पटक फाइनल पुगेकी बारबोरा पहिलो फाइनल यात्रामै च्याम्पियन बनेकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर