मध्यरात बाट सुरु भयो मौन अवधी , यसबेला के के गर्न पाईदैन त ? — OSNepal

मध्यरात बाट सुरु भयो मौन अवधी , यसबेला के के गर्न पाईदैन त ?

LC (KTM) May 10, 2022 0

स्थानीय तहको निर्वाचन आउन २ दिन बाँकि रहदा आज मध्यरात बाट मौन अवधी सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुने अन्र्तराष्ट्रिय प्रचलन अनुसार यो अवधि लागु भएको हो । मौन अवधि मतदान सम्पन्न नभए सम्मका लागि लागु हुने प्रावधान रहेको छ । यो मौन अवधि यस्तो समय हो जुनबेला निर्वाचनमा उठेका उम्मेदवार र उनीहरुको पक्ष बिपक्षमा प्रचारप्रसार र मानमर्दन गर्न पाईदैन ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न पाउने छैनन् । मंगलबार अपरान्ह निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधि संवेदनशील रहने उल्लेख गर्दै मतदातालाई पनि सजगता अपनाउन आग्रह गरेका छन् ।

मतदानको समयमा प्रतिस्पर्धीहरुवीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन भनेर मौन अवधि शुरु गर्ने अन्तराष्ट्रिय प्रचलन रहेको छ । अब आज मध्यरात देखी मतदानस्थल वरपर दलका झण्डा तथा चुनाव चिन्ह राख्न पाईने छैन । त्यस्तै सामाजिक सञ्जाल मार्फत कसैको पक्षमा भोट माग्न पाईदैन भने चुनाव चिन्ह अंकित प्रचार भएका टिसर्ट समेत लगाउन बन्देज गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर