काठमाडौं २७ वैशाख । निर्वाचनको मुखैमा निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलाई स्पष्टीकरण सोधेको छ ।
भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले भोट नहाले देश दुर्घटनमा जान्छ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर आयोगले प्रचण्डसँग स्पष्टिकरण सोधेको हो ।
आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा भनिएको छ,’यहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनमा जान्छ भन्नुको अन्तरनिहित मनसाय के हो ?,’ ‘यहाँको अभिव्यक्ति प्रचलित निर्वाचन कानुनविपरीत छ छैन ?’
आयोगले कुनै दलले हार्दैमा देश दुर्घटनामा पर्ने कुरा भन्दै प्रचण्डलाई २४ घण्टाको समय दिएर स्पष्टिकरण सोधेको हो ।