म भिजनसहित आएको छु, पोखरालाई बनाएर देखाउँछु : धनराज आचार्य — OSNepal

म भिजनसहित आएको छु, पोखरालाई बनाएर देखाउँछु : धनराज आचार्य

LC (KTM) May 10, 2022 0

पोखरा :देशकै ठूलो र पर्यटकीय महानगर पोखरा । गण्डकीको राजधानी, सुन्दर सहर । यस्ता अनेक अपेक्षा गरी पोखरा भित्रिने नयाँ पाहुनाको आँखामा पोखरा प्रवेश गर्ने बित्तिकै बिझाउँछन्ः धूले सडक, अव्यवस्थित बसोबास, ट्राफिक जाम, हिमाल छेकिने अग्ला महल । सुन्दर फेवाताल हेर्न पुग्नेहरुको मन कुडिन्छ, जब उनीहरु देख्छन् तालछेउमा फोहोर र मापदण्ड मिचिएका घर ।
यहाँका सबैजसो ताल अतिक्रमणको चपेटामा छन् । सहरबीचबाट बग्ने सेती अतिक्रमणको चपेटामा छ । यस्ता अनेक समस्या महानगरकै नेतृत्वमा इच्छाशक्ति नहुँदा आएका हुन् । सत्ता गठबन्धनका उम्मेदवारले यस्ता समस्या समाधान गर्ने वाचा गरेका छन् ।

गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्य पोखरालाई सुविधा सम्पन्न र आधुनिक सहर बनाउने बताउँछन् । पोखरा १३ मा मंगलबार भएको सभामा उनले भने, ‘पोखरा महानगरलाई अहिलेसम्मका नेतृत्व बिग्रर्नसम्म बिगारे । अब हामी थप बिग्रन दिँदैनौं ।’महानगरसँग कस्ता घर बनाउने, कस्तो सडक चाहिने, जग्गाको उपयोग कसरी गर्ने भन्ने मापदण्ड नरहेको दाबी गर्दै उनले नेतृत्वले दूरदृष्टि पु¥याउन नसक्दा महानगर कुरुप भएको दाबी गरे । यहाँका ६० प्रतिशतभन्दा बढीले सम्पन्नता प्रमाणपत्र नलिएको उल्लेख गर्दै त्यसबाट गुमेको ठूलो राजस्व लिने वातावरण बनाइने उल्लेख गरे ।

उनी भन्छन्, ‘कुन ठाउँमा कस्ता भवन, कस्तो सडक, कस्ता पूर्वाधार भन्ने योजना बनाउँछौं र अन्तर्राष्ट्रिय सहर बनाउँछौं ।’ उनले एमाले नेतृत्वको सरकारले जनमतलाई अपमान गरेपछि संघमा गठबन्धन बनेको उल्लेख गरे । उनले भने, ‘गठबन्धन अहिलेका लागि मात्रै होइन । चुनावपछि गठबन्धनको सरकार बन्छ । समृद्धिको सपना साकार हामी पाछौंं ।’गठबन्धनकी उपमेयर उम्मेदवार कोपिला रानाभाटले नेतृत्वमा सहर बनाउने दृष्टिकोण नहुँदा पोखरा कुरुप बन्दै गएको बताइन् ।

उनले पोखरा १३ को आर्वाको महाप्रभुधामलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा गर्ने सुनाइन् । विजयपुर खोला र घट्टे खोलामा तटबन्ध गरी कृषि उत्पादन बढाउने, कमलपोखरी ताललाई थप व्यवस्थापन गर्न आवश्यक पूर्वाधार बनाउने उनले आश्वासन दिइन् ।पोखरा महानगरका तालहरुको संरक्षण, भूउपयोगको नीति, सेती नदी संरक्षण, सडक स्तरोन्नति, खुला बिजुली तार व्यवस्थापन, ट्राफिक व्यवस्थापन, एकै ठाँउबाट सबै सेवा दिएर महानगरको मुहार फेर्ने गठबन्धनको प्रतिवद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर