कांग्रेस गलकोटले गर्यो बागी उम्मेदवारको पार्टी सदस्यता खारेज — OSNepal

कांग्रेस गलकोटले गर्यो बागी उम्मेदवारको पार्टी सदस्यता खारेज

LC (KTM) May 10, 2022 0

थम्मन थापा/ बागलुङ -नेपाली काँग्रेस गलकोट नगर समितीले आसन्न स्थानिय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विपरित वागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको छ ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सम्वद्व ५ दलिय गठबन्धनले अगाडी सारेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै गलकोट नगर प्रमुख पदका उम्मेदवार १ जना, वडा अध्यक्ष पदका उम्मेदवार २ जना र वडा सदस्य पदका उम्मेदवार ३ जना गरि ६ जनाको पार्टी सदस्यता खारेज गरेको नेपाली काँग्रेस गलकोट नगर समितीका सभापति विरजंग भण्डारीले जानकारी दिए ।

नेपाली काँग्रेस पार्टीको विधान २०१७ (संशोधन सहितको ) धारा ४ को (३) अनुसार ५ दलिय गठबन्धनको तर्फबाट गलकोट नगरपालिकाको नगर प्रमुख पदका आधिकारिक उम्मेदवार भरत शर्मा गैरे विरुद्व स्वतन्त्र उम्मेदवारी दिएकी नेपाली काँग्रेसका जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनीधि मञ्जु शर्मा चालिसे, वडा नं ५ का वडा अध्यक्ष पदका आधिकारिक उम्मेदवार पवन हमाल विरुद्व स्वतन्त्र उम्मेदवारी दिएकी नेपाली काँग्रेसकी क्षेत्रिय प्रतिनिधी कमला ढकाल, वडा नं ७ का वडा अध्यक्ष पदका आधिकारिक उम्मेदवार राज बहादुर थापा विरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका कृयाशिल सदस्य राम बहादुर थापा र वडा नं ७ को वडा सदस्यका आधिकारिक उम्मेदवारहरु यशोधा थापा, छबिलाल दर्जी र ज्ञान बहादुर कार्की विरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका कृयाशिल सदस्यहरु टिका साहानी, नर बहादुर थापा मगर र भीम बहादुर केसीको पार्टी सदस्यता खारेज गरिएको नेपाली काँग्रेस गलकोट नगर समितीका सभापति विरजंग भण्डारी र सचिव द्वय योगेश बहादुर भण्डारी र लोकनाथ कँडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनीहरुलाई नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको नेपाली काँग्रेसले जनाएको छ । स्थानिय तह निर्वाचनमा पार्टीको टिकट वितरण प्रणालीमा असन्तुष्टी जनाउँदै उनीहरुले गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेसले बागी उम्मेदवारलाई २ पटक सम्म उम्मेदवारी फिर्ता लिई गठबन्धनलाई सहयोग गर्न निर्देशन दिएको थियो । उम्मेदवारी फिर्ता नलिएपछि उनीहरुलाई कारबाही गरिएको नेपाली काँग्रेस बागलुङका सभापति जीत शेरचनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर