पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कुम्मायक गाउँपालिका, वडा अध्यक्ष उम्मेद्वार विक्रम लावतीले युवाले संचालन गरेको लघु उद्योग र व्यवसायलाई कर छुट र विशेष अनुदान दिने बताएका छन् ।
‘ठूलो संख्यामा युवाहरु विदेश जाने क्रम जारी छ । यो हाम्रो समाजको नकारात्मक अनुभव हो,’ कुम्मायक–२ का राप्रपाका युवा उम्मेद्वार लावतीले चुनावी सभालाई सम्बोधन गर्दै भने ।‘यसकारण जनताले विश्वास गरेर वडा अध्यक्षमा निर्वाचित गरे, युवाहरुलाई सीप तालिम दिने व्यवस्था मिलाउने छु । युवाले संचालन गरेको लघु उद्योग र व्यवसायलाई कर छुट र विशेष अनुदान दिने प्रबन्ध समेत मिलाउने छु,’ उनले भने ।
युवा उम्मेद्वार लावती आफैं पनि वैदेशिक रोजगारमा कोरिया गएर फर्किएको व्यक्ति भएको कारण, युवाहरुको आकांक्षा, आय र रोजगारको चुनौति बारेमा जानकार रहेको उनले बताए ।भ्रष्टचारमुक्त प्रशासन कायम गरेर, युवा रोजगार र आय आर्जनमा जोड दिने प्रतिवद्धता लावतीले जाहेर गरेका छन् ।