काठमाडौ २७ वैशाख। काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले एमालेबाट काठमाडौं महानगरको मेयरको उम्मेदवार बनेका केशव स्थापितले दिएको अभिव्यक्ति माथि टिप्पणी गरेकी छन् ।
आज मंगलबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै स्थापितले काठमाडौँ महानगरमा भएका सबै पर्खाल लगाएका सबै सरकारी जग्गा सर्वसाधरणका लागि खुला गर्ने अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर खड्गीले सरकारी जग्गामा आँखा लगाउन फेरि पनि मेयर बन्ने खोजेको भन्दै स्थापितमाथि आरोप लगाएकी छन् ।
नयाँ वसपार्क लथालिङ बनाउने कार्य केशव स्थापितले गरेको भन्दै उनले स्थापितले ४५ वर्ष निजी संस्थालाई दिएर लथालिङ बनाएको आरोप लगाएकी छन् ।
उनले भनिन् ‘कंक्रिटको रानीपोखरी बनाउन लागेका थिए । स्वीमिङ पुल बनाउन लागेका थिए ।तर मैले कंक्रिटको रानीपोखरी बनाउन दिइनँ ।’