काठमाडौं २७ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितले आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार स्थापितले प्रतिस्पर्धी छ जस्तो आफुलाई नलागेको बताएका छन् ।
काठमाडौं महानगरमा आफुसँग प्रतिस्पर्धी गर्ने कोहि छ जस्तो नलागेको बताएका उनले आफ्नो जित सुनिश्चित भएको दावी समेत गरेका छन् ।
‘यो सभा विजयी उत्सव हो कि, मलाई नै कन्फ्युज भएको छ,’ स्थापितले भने ।
आफु मेयर भएको एक वर्ष पछि फोहोरको स्थायी समाधान निकाल्ने जिकिर गरेका उनले कांग्रेसले भविष्यमा फोहोरका लागि राजनीति गर्न नपाउने ठोकुवा समेत गरेका छन् ।
सभालाई सम्बोधन गर्ने क्रममा उनले एक वर्षभित्र धुलो र धुवाँको समस्या समाधान गर्ने प्रतिवद्धता समेत गरेका छन् ।