बलिउड अभिनेत्री कैट्रिना कैफको फ्यानहरुको लागि खुशीको खबर, इन्ष्टा मार्फत दिईन् यस्तो जानकारी — OSNepal

बलिउड अभिनेत्री कैट्रिना कैफको फ्यानहरुको लागि खुशीको खबर, इन्ष्टा मार्फत दिईन् यस्तो जानकारी

LC (KTM) June 12, 2021 0

कैट्रिना कैफको फ्यानहरुको लागि खुशीको खबर आएको छ । कैट्रिना अब कोरोनाबाट पुरै रिकभर भएकी छिन् । ३७ बर्षिया कैट्रिना यहि अप्रिलमा कोरोना संक्रमित भएकी थिईन् । उनले आज आफ्नो इन्ष्टाग्राम एकाउण्टमा केही तस्बिर शेयर गर्दै आफ्नो फिटनेसको यात्राका बारेमा आफ्ना शुभचिन्तकहरुलाई बताएकी छिन् ।

उनले आफ्नो शरीरलाई एकदम भरपुर आराम दिएको बताएकी छिन् । रिकभर हुनलाई हतार नगरी शरिरलाई पुरा समय दिएको बताएकी छिन् । उनले आफ्नो स्टामिना बढाउन सुरु गरेकी छिन् । उनले कसरत गर्न थालेको बताएकी छिन् । उनले कोरोना मुक्त भईसके पछि धेरै थाक्ने गरेको समेत बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर