काठमाडौं २७ वैशााख । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस मुलुक र जनताका लागि जिम्मेवार पार्टी भएको बताएका छन् ।
मंगलवार काठमाडौं महानगरपालिका–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।
विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगर र वडामा विकासको कामले गति लिन नसेको भन्दै अब यो सबै काम गर्न कांग्रेसलाई एक पटक अवसर दिन समेत आग्रह गरेका छन् ।
कांग्रेस काम गर्ने पार्टी भएकाले डा. महतले सम्पूर्ण बुद्धिजीवी, नागरिक क्षेत्रका अगुवालगायतलाई लोकतन्त्र र कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।