काठमाडौं २७ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठवन्धन संविधान र लोकतन्त्रको रक्षा गर्नको लागि बनेको बताएका छन् ।
मंगलबार चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
कांग्रेस नेतृत्वको सरकारले संविधान जारी गरेको बताएका उनले विधिको शासन जोगाउन नै कांग्रेस नेतृत्वमा नै पाँच दलीय गठबन्धन बनेको दावी गरेका छन् ।
यो गठबन्धनले स्थानीय निर्वाचनपछि पनि निरन्तरता पाउँने भन्दै नेता सिंहले चन्द्रागिरिको विकास गर्न गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा मत दिई विजयी गराउन समेत नगरवासीलाई आग्रह गरेका छन् ।