उदयपुर २७ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाउन र राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको बताएका छन् ।
उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
गठवन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको बताएका थापाले राजनीतिक स्थायित्व कायम गर्नका लागि गठवन्धन भएको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमतको सरकार ढालेर संसद् भङ्ग गरेका कारण गठवन्धन गरेको थापाले बताएका छन् ।