काठमाडौ २७ वैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा यति बेला गृह जिल्ला डडेलधुरामा रहेका छन् ।
चुनावी सभालाई सम्बोधन गर्न गृह जिल्ला पुगेका देउवा अब मतदान गरेर मात्र काठमाडौं आउने भएका छन् ।
देउवाले आज मंगलबार जिल्लाको सदरमुकाममा बिहान साढे १० बजे अमरगढीको र दिउँसो २ बजे परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रधनमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले दिएको जानकारी अनुसार देउवा मतदान गरेर मत्र काठमाडौं फर्किने भएका हुन् ।
आज चुनावी प्रसारको अन्तिम दिन काठमाडौंमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले र ललितपुरमा सत्ता गठवन्धन दलहरु ले चुनावी सभा गर्ने भएका छन् ।