प्रदेश १ मा आज एकै दिन १ हजार ३१० जना कोरोना संक्रमणमुक्त — OSNepal

प्रदेश १ मा आज एकै दिन १ हजार ३१० जना कोरोना संक्रमणमुक्त

LC (KTM) June 12, 2021 0

प्रदेश १ बाटआज १ हजार ३१० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५२४ महिला र ७८६ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार हालसम्म ४८ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ माआज ४८६ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १९३, सुनसरीमा १३५, झापामा १०८, धनकुटामा १४, उदयपुरमा ६, संखुवासभा र भोजपुरमा ४–४, ते¥हथुम, इलाम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ११७, बुढीगंगामा १८, कानेपोखरीमा १७, बेलबारीमा ११, कटहरीमा ६, पथरीशनिश्चरेमा ५, सुन्दहरैचामा ४, जहदा र स्थानीयतह नखुलेका ३–३, सुनबर्षीमा २, रंगेली र उर्लाबारीमा २–२, रतुवामाई, लेटाङ, केराबारी र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ६२, इटहरीमा ३१, इनरुवामा २०, दुहवीमा७, रामधुनीमा ६, बराहक्षेत्रमा ५, बर्जुमा २, देवानगञ्ज र स्थानीयतह नखुलेका १–१, झापाको दमकमा ७४, भद्रपुरमा १६, मेचीनगरमा ५, विर्तामोडमा ४, कचनकवलमा ३, शिवसताक्षी , कमल, बा¥हदशी, अर्जुनधारा र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा ४, शहिदभूमी, महालक्ष्मी, चौविसे र छथरमा १–१, उदयपुरको रौतामाई र त्रियुगामा २–२, कटारी र स्थानीयतहनखुलेका १–१, संखुवासभाको खाँदबारीमा ३ र मादीमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीयतहनखुलेका ३, ते¥हथुमको फेदापमा १, इलामको चुलाचुलीमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६५ हजार ३४१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १५ हजार ७५२ रहेको छ । प्रदेश १ माआज १ हजार ४१९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२६ महिला र २६० जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर