काठमाडौं २७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले १२२ जना मान्छेलाई गोली हानेर मारेको आरोप लगाएका छन् ।
सोमबार पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवा गृहमन्त्री हुँदा १२२ जनालाई गोली हानेर मारेको आरोप लगाएका हुन् ।
आफूले इतिहास सम्झन नचाए पनी नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले कोट्याएको भन्दै ओलीले भने, आफु गृहमन्त्री हुँदा एउटा पनि गोली चलेन । एउटा मान्छे मरिएन।
देउवाले भने छोटो समय गृहमन्त्री हुँदा पनि शान्तिपूर्ण जुलुसमा झ्यालमा बसेका १२२ जनालाई गोली चलाएर देउवा मारेको ओलीले आरोप लगाएका छन् ।
‘कुनै द्वन्द्व भएको थिएन, शान्तिपूर्ण जुलुसमा गोली चलाएर १२२ जना मान्छे झ्यालमा बसेकालाई मार्नुभयो, कौसीमा बसेकालाई मार्नुभयो, घरभित्र बसेकालाई मार्नुभयो ।’ओलीले भने ।
सम्बोधनका क्रममा ओलीले देउवाले आफूलाई अलोकतान्त्रिक र तानाशाही भनेको प्रति आपत्ती जनाउँदै उनले भने, ‘आफ्नै कार्यकर्ताले रुखमा भोट हाल्न पाउँभन्दा पार्टीबाट निष्कासन गर्ने देउवा नै तानाशाही हुन् । ५० वर्ष काम गरेका कार्यकर्तालाई देउवाले निष्कासन गरे ।’