काठमाडौं २६ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले गठवन्धन सरकारको पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिने बताएका छन् ।
सोमबार कैलालीको धनगढीमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले सुदूरपश्चिममा सबैभन्दा धेरै बजेट छुट्याउने बताएका हुन् ।
अहिले गठवन्धनको सरकार छ भने फेरि गठवन्धनको सरकार रहने बताएका उनले सबैभन्दा बढी बजेट सुदूरपश्चिममै दिने विश्वास दिलाएका छन् ।
सुदूरपश्चिममा आफूले धेरै ठाउँमा काम गरेको बताएका उनले बाँकी काम आफैले पुरा गर्ने बताएका छन् ।
‘अहिले गठबन्धनको सरकार छ, फेरि पनि गठबन्धनको नै सरकार रहन्छ, गठबन्धनको सरकारले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ,सम्बोधनका क्रममा देउवाले भने, ‘सबैभन्दा बढी बजेट सुदूरपश्चिममै दिने विश्वास दिलाउँछु ।’ ।