काठमाडौं २६ वैशाख । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले गठवन्धनको सहमति विपरित बागी उम्मेदवार दिएका सबैलाई तत्काल आ आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका देउवाले विगतमा पनि बागी उम्मेदवारको कारण पराजित हुनु परेको स्मरण गराउँदै यसपटक पार्टीले हार्ने अवस्था नल्याउन बागी उम्मेदवारलाई आग्रह गरेका छन् ।
पार्टीले छाडिसकेपछि बागी उठ्नु गलत हुने बताएका देउवाले तत्कालै पछि हट्न आग्रह गरेका छन् ।
देउवाले भने, ‘तत्कालै पछि हट्नुहोला। हामी केन्द्रबाट पत्र पठाउँछौं, उक्त पत्रअनुसार बागीबाट पछि हटेमा कारबाही हुनेछैन।’