गोरु काटेर मासु खाएको अभियोगमा दश युवा समातिए — OSNepal

गोरु काटेर मासु खाएको अभियोगमा दश युवा समातिए

LC (KTM) June 12, 2021 0

गलकोट, २९ जेठ- गोरु काटेका अभियोगमा गलकोट नगरपालिका –११ ठुलपोखरका दश युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गलकोट –११ ठुलपोखरीका ३१ वर्षीय बिष्णु श्रीष, सोही स्थानका ३६ वर्षीय लालबहादुर श्रीष, ३२ वर्षीय मोहनश्रीष, ३८ वर्षीय तुलबहादुर श्रीष र ३० वर्षीय यमबहादुर श्रीष छन् । यसैगरी ३५ वर्षीय टंक सुनार, २६ वर्षीय मनोज श्रीष, ४१ वर्षीय झम काउच , २८ वर्षीय बल बहादुर बि.क र ४४ वर्षीय वेलबहादुर श्रीष छन् ।

शुक्रबार राति गलकोट –११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटेरमासु खाएको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज उनीहरुलाई जिल्ला सदरमुकाम झिकाइएको कार्यालयका प्रहरी नायवउपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर