कोरोना अपडेट : शनिबार ह्वात्तै घट्यो कोरोना संक्रमण, जित्नेको संख्या दोब्बर — OSNepal

कोरोना अपडेट : शनिबार ह्वात्तै घट्यो कोरोना संक्रमण, जित्नेको संख्या दोब्बर

LC (KTM) June 12, 2021 0

काठमाडौं । नेपालमा शनिबार देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । गतसातादेखि ओरालो लागेको कोरोना संक्रमणको दर शनिबार ह्वात्तै घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट १९ हजार ७५७ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने दर बढी रहेका कारण सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको मन्त्रालयले जनाउको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् ।

देशमा निको हुने दर ८६।९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै शनिबार ६१ जनाको मृत्यु भएको छ । आज निधन भएकासँगै नेपालमा कोरोनाबाट हालसम्म ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्युदर १।६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर