काठमाडौ २६ वैशाख । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन कसैलाई जिताउन वा हराउन नबनेको बताएका छन् ।
संविधान र गणतन्त्रको रक्षार्थ गठबन्धन बनाइएको दाबी गरेका उनले ओलीको अहंकार, एमालेको प्रतिगमनकारी, गणतन्त्रविरोधी कृयाकलापलाई परास्त गरी संविधान बचाउनका लागि गठबन्धन गरेको बताएका छन् ।
उनले भने, ‘यो गठबन्धन कसैलाई जिताउन वा हराउनका लागि बनेको होइन ।’
नेताका अधिकार मास्ने उद्देश्यले प्रतिगमनको यात्रा ओलीले सुरु गरेपछि त्यसको विरुद्ध पाली कांग्रेस माओवादी सहितका दलहरुले संगठित भएर संघर्षमा होमिएको उनले बताएका छन् ।
सोमबार वीरेन्द्रनगरको पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खड्काले यस्तो बताएका हुन् ।