काठमाडौं २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै कोणबाट असफल भइसकेको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले ओली सबै कोणबाट असफल भईसकेकोले ओलीसँग भोट माग्ने आधार समेत नरहेको बताएका हुन् ।
ओलीले मनोवैज्ञानिक रुपमा मतदातालाई प्रभाव पार्न खोजेपनि त्यस्तो अस्त्र टार्गेटमा नपुग्दै वीचमा नै खस्ने टिप्पणी गरेका उनले भने, ‘सत्तागठबन्धन टिक्दैन किन मतदान गर्नुहुन्छ भन्ने उहाँले मनोवैज्ञानिक क्षेप्यास्त्र प्रयोग गर्नुभएको हो, उहाँको क्षेप्यास्त्र बीचमै खस्छ, टार्गेटमा पुग्दैन’।
ओलीमा मनोरञ्जन दिने, हसाउने, उखान उक्का जोड्ने विशेषता रहेको बताएका छन् ।
कांग्रेसका प्रवक्ता डा महतले पत्रकार सम्मेलनमा भनेका छन्, ‘केपी ओली सबै कोणबाट असफल भईसकेका छन । अव के मुखले उहाँले भोट माग्ने ? पाँच वर्षका लागि निर्वाचित सरकार साँढे ३ वर्षमै दुई पटक हात उठायो । उहाँले बर्बाद गरेपछि सरकारले नेतृत्व काँग्रेसले लिनुप¥यो ।,
‘अव उहाँले सुशासनका कुरा, कानुनी शासनको कुरा, संविधानको कुरा, विकासको कुरा, भ्रष्टाचारमुक्त शासनको कुरा गर्न मिल्छ रु कमिशनको पर्खाईमा रहँदा कोभिडको बेहालस्थिति बनाइयो । अहिले व्यवस्थापन भएको छ । कमिशनका काण्ड नियन्त्रण गरिएको छ । अव हामीले गठबन्धनलाई अगाडि बढाऔं । यद्यपि उहाँले यो रहँदैन, चल्दैन भन्नु भएको छ । उहाँ त अवश्य पनि नचलोस भन्ने चाहनुहुन्छ । ‘